‘नमस्ते पे’बाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने

काठमाडौं । नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकको संयुक्त लगानीमा संचालित नमस्ते पे वालेट मार्फत स्मार्ट क्यूआर भुक्तानी सेवा संचालनमा आएको छ ।

सेवा संचालसंगै नमस्ते पे वालेट प्रयोगकर्ताले स्मार्ट क्यूआर मार्फत भुक्तानी लिँदै आएका विभिन्न व्यापार व्यवसायीहरुलाइ भुक्तानी दिन सक्नेछन ।

साथै अहिले सम्म पनि स्मार्ट क्यूआर सेवा नलिएका विभिन्न व्यापार व्यवसायीहरुले नमस्ते पेमार्फत स्मार्ट क्यूआर सेवा पनि लिन सक्नेछन् ।

नमस्ते पे प्रयोग गरी स्मार्ट क्यूआर मार्फत गोल्ड स्टारका सोरुमहरुमा भुक्तानी गर्दा ३० प्रतिशत (रु ३०० सम्म) आकर्षक छुट प्राप्त गर्न सक्नेछन । साथै, भविस्यमा स्मार्ट क्यूआर भुक्तानीमा अझै धेरै आकर्षक अफरहरु छिटै नै आउने कम्पनीले जनाएको छ ।

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘स्क्यान एण्ड पे’ सुविधा प्रयोग गरेर स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको हो ।

स्मार्ट क्युआर हाल १ लाख ६० हजार व्यापारीहरूले प्रयोग गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here