सरकारले हटायो पूर्वाधार कर-निगमले घटायो मूल्य

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर हटाएपछि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले डिजेल, पेट्रोल र मटितेलको मूल्य घटाएको हो ।

बिहीबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल, पेट्रोल र मट्टितेलको मूल्य लिटरमा १०÷१० रुपैयाँले घटाउने निर्णय गरेको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रूपैयाँ र डिजेल तथा मटितेलको मूल्य १५३ रूपैयाँमा झरेको छ ।

अर्थ मन्त्रालयले पुर्वाधार कर घटाएर गरेर मूल्य समायोजन गर्न लिखित निर्देशन दिएपछि यस्तो निर्णय भएको हो । सरकारले पेट्रोलियम पदार्थमा लाग्ने प्रतिलिटर १० रूपैयाँ पूर्वाधार कर घटाएपछि मूल्य समायोजन भएको छ । सरकारले बजेटबाट कर हटाउने निर्णय लिएको थियो ।

खाना पकाउने ग्याँस र हवाई इन्धनको मूल्य भने थपघट भएको छैन । यसअघि बुधबार मात्र भारतबाट निगमलाई पेट्रोलियम पदार्थको मूल्य बढेर सूची आएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here