शेयर बजार निरन्तर ओरालो, बजेटपछिको अनिश्चित र आधारहीन बाटोले लगानीकर्ता झनै निराश

काठमाडौं, २० जेठ । नेपाली शेयर बजार निरन्तर घट्दो क्रममा रहेको छ । बजेटपछि लगातार नेप्से परिसूचक घट्न थालेपछि लगानीकर्तामा निराशा छाएको छ।

लगानीकर्ता अन्योलमा देखिएका छन् । साना लगानीकर्ता बजारमा त्यति खुल्ल सकेका छैनन्।

बजार निरन्तर घट्न थालेपछि लगानी नै डुब्ने चिन्तामा उनीहरु रहेको देखिन्छ। सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याएपछि बढ्ने आशा गरेको शेयर बजार लगातार ओरालो लागेको छ ।

बजेट घोषणापछिको पहिलो कारोबार दिन सोमबार ५० अंकले घटेको नेप्से दोस्रोदिन ३५ अंकले र बुधवार ७ अंक, विहीवार १८ अंकले घटेको बजार आज ३३.७६ अंकले घटेको छ ।

यो साता पाँच दिनको कारोबारमा १४३.०९ अंकले घटेको छ । साताको कारोबारको अन्तिम दिन शुक्रवार नेप्से ३३.७६ अंकले घटेर २०७८.७० विन्दुमा आइपुगेको छ ।

यसदिन २२६ कम्पनीको १ अर्ब ३० करोड ७३ लाख ५९ हजार ५४० रुपैयाँ बराबरको ३८ लाख ४८ हजार ५०८ कित्ता शेयर किनबेच भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढेको छ । विहीवार १ अर्ब १६ करोड १५ लाख १४ हजार १६८ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । व्यापार समूह सबैभन्दा धेरै २.५६ प्रतिशतले घटेको छ । त्यस्तै, जीवन बीमा समूह पनि २.३४ प्रतिशतले घटेको छ ।

उच्च अंकले घटेको बजारमा आज किसान लघुवित्तको शेयर मूल्य सबैभन्दा धेरै ८.९५ प्रतिशतले घटेको छ । त्यसैगरी, उन्नति सहकार्य लघुवित्त ४.६५, प्रोग्रेसिभ फाइनान्स ४.६०, लिबर्टी इनर्जी ४.४४, एशियन लाइफ, प्रभु इन्स्योरेन्स र नेपाल इन्भेष्टमेन्ट बैंकको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

त्यस्तै, युनिलिभर, नेरुडे लघुवित्त, माउन्टेन हाइड्रो, आइएमई जनरल र सूयोदय लघुवित्तका सेयरधनीले साढे ३ प्रतिशत गुमाएका छन् ।

घट्दो बजारमा आज दुई कम्पनीको शेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका शेयर धनीले करिब १० प्रतिशत कमाएका छन् ।

आज एनआइसी एशियाको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे शेयर किनबेच भएको छ । त्यसैगरी, नागरिक लगानी कोषको ४ करोड र हिमालयन डिस्ट्रीलरीको पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।

गएको आइतबार संसदमा बजेट प्रस्तुत भयो। जसमा शेयर बजारको चाख लिइरहेकाहरूले खास सम्बोधन पाएनन्। त्यसले गर्दा पनि सोमबारदेखि नै कारोबारले लिएको नयाँ बाटो अनिश्चित र आधारहीन देखिएको विश्लेषकहरू बताउँछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here