एक महिनामा ४४ हजार बढीले लिए श्रम स्वीकृति, १५ हजार धेरै श्रमिक सीपविहीन

Photo: THT

काठमाडौं, २२ जेठ । रोजगारीका लागि विदेशिनको संख्या बढ्दो क्रममा रहेको छ । देशमा रोजगारीका अवसर नहुँदा युवाहरु विदेश पलायन हुने क्रम बढेको हो ।

वैदेशिक रोजगार बिभागको तथ्यांक अनुसार वैदेशिक रोजगारीमा जान बैशाख महिनामा ४४ हजारभन्दा बढीले वैदेशिक रोजगारीमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालु आर्थिक वर्षको बैशाख महिनामा ४४ हजार ३३३ जनाले पहिलो श्रम स्वीकृति लिएका हुन् ।

विभागका अनुसार ३४ हजार ४५९ जना पुरुष र ५ हजार ८४७ जना महिलाले युरोप र खाडी मुलुकमा जानका लागि पहिलो श्रम स्वीकृति लिएका हुन् । पहिलो श्रम स्वीकृृति लिएकामध्ये विभिन्न मेनपावरबाट बहराइन जानेमा ७१८ जना रहेका छन् ।

यस्तै, साइप्रस जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या २२० रहेको छ भने बु्रनाइका पहिलो श्रम स्वीकृति लिनेको संख्या १ सय रहेको छ । त्यसैगरी, वैदेशिक रोजगार विभागबाट पहिलो स्वीकृति लिइ अल्बानिया जानेहरुमा २५० जना रहेका छन् ।

जापान जान पहिलो श्रमस्वीकृति लिनेहरुको संख्या २२२, जोर्डनका लागि ४५७ सय रहेको छ । यस अवधिमा सबैभन्दा धेरै ८ हजार ७९८ जनाले युएई जान पहिलो श्रम स्वीकृति लिएको तथ्याङकमा उल्लेख छ ।

विभागका अनुसार कुवेत जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ७ हजार १८१ रहेका छन । कुवेत जानका लागि श्रम स्वीकृति लिएकामध्ये देवान कन्सल्ट्रेन्ट प्रालिबाट ८५० जना, निल कमल हुम्यान रिसोर्स प्रालिबाट ३०५ जना रहेका छन्, भने बाँकी अन्य मेनपावर कम्पनीहरुबाट जाने भएका छन् ।

त्यसैगरी ओमानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या २४० जना, कतारका लागि ३ हजार ३३९ जना, मौरिससका लागि १०० जना, रोमानियाका लागि ६० जना रहेका छन् । र युएई जानका लागि पहिलो श्रम स्वीकृति लिनेहरुको संख्या ८ हजार ७९८ जना रहेको विभागको तथ्याङकमा उल्लेख छ ।

त्यस्तै वैदेशिक रोजगारीका लागि अन्तिम स्वीकृति लिएकाहरुमा १७ हजार ४७८ हजार ९८ जना रहेका छन् जसमा पुरुष १५ हजार १२९ जना र महिला २ हजार ३४९ जनाले अन्तिम स्वीकृति लिएका हुन् । अन्तिम श्रम स्वीकृति लिएका कामदारहरुमा दक्ष, अर्धदक्ष, पेशागत, सिप भएका र सिपनभएका कामदारहरुको संख्या ४५ हजार ५ रहेको छ, जसमा ४० हजार ४३५ जना पुरुष र ४ हजार ५६९ जना महिला रहेका छन् ।

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएकाहरुमा दक्ष कामदारको संख्या १०, पेशागत कामदारको संख्या ५४, अर्धदक्ष कामदारको संख्या ३ हजार ६७९ सिपयुक्त कामदारको संख्या २५ हजार ४६७ र सिप नभएका कामदारहरुको संख्या १५ हजार ७९४ रहेको तथ्याङकमा उल्लेख छ । ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here