यी १२ जिल्लाका खोलामा वहाब बढ्ने, सतर्कता अपनाउन आग्रह

फाइलफोटो

काठमाडौं, २३ जेठ । देशका १२ जिल्लाका साना नदीनालाहरूमा आज वहाब बढ्ने सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूवर्नानुमान महाशाखाका अनुसार प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर तथा बागमती प्रदेशको दोलखा, रामेछाप, मकवानपुर, ललितपुर र गण्डकी प्रदेशको लम्जुङसँगै लुम्बिनी प्रदेशको गुल्मी र पाल्पाका साना नदीनालाहरूमा वहाब बढ्ने सम्भावना छ ।

देशका प्रमुख तथा मझौला नदीहरूमा भने बहान सामान्य हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here