नेप्सेमा रहेको राष्ट्रबैंकको १७ लाख ३० हजार कित्ता सेयर लिलामीमा

काठमाण्डौ, ३१ असार । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा रहेको आफ्नो १७ लाख २९ हजार ९८९.५० कित्ता सेयर नेपाल राष्ट्र बैंकले लिलाममा राखेको छ ।

बैंकले मंगलबार गोरखापत्रमा एक सूचना प्रकाशित गरी नेप्सेको सेयर बिक्री गर्ने बताएको हो । बैंकले प्रतिकित्ता न्यूनतम मूल्य १ हजार ३२ रुपैयाँका दरले शेयर लिलाममा राखेको छ । सेयर किन्न इच्छुक लगानीकर्ताले उक्त दररेटभन्दा माथि बोलकबोल गरेर आवेदन दिनुपर्नेछ ।

बैंकले उक्त सेयर खरीदकर्ता बैंक, वित्तीय संस्था, धितोपत्र व्यावसायी तथा सूचीकृत संगठित संस्था हुनुपर्ने सर्त राखेको छ ।

बैंकले इच्छुक लगानीकर्तालाई भदौ २ गतेभित्र आवेदन दिइसक्न आह्वान गरेको छ ।

राष्ट्र बैंकका अनुसार प्राप्त बोलपत्र आवेदन भदौ ४ गते बिहान ११ राष्ट्र बैंकको वित्त व्यवस्थापन विभाग बालुवाटारमा खोलिने छ तर, उक्त दिन बिदा परेमा भोलीपल्ट वा कार्यालय खुलेको दिन खोलिनेछ ।

हेर्नुहाेस सूचना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here