उठ्ने भयो काठमाडौंको फोहोर, यस्तो छ सरकार र स्थानीयवासीबीचको ११ बुँदे सम्झौता

फाइलफोटो

काठमाडौं, २३ जेठ । काठमाडौं महानगरमा थुप्रिएको फोहोर मंगलवारदेखि उठ्ने भएको छ ।

विगत एक महिनाभन्दा बढी समयदेखि थुप्रिएको फोहोर भोलि बिहान देखि नै फोहोर उठाइने काठमाडौं महानगरले जनाएको छ।

आन्दोलनरत स्थानीयवबासी र नेपाल सरकार सहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकाबीच ११ बुँदे सम्झौता भएपश्चात समस्याको गाँठो फुकेको हो।

सिसडोल र बञ्चरेडाँडाका जनप्रतिनिधिहरूको सहभागितामा भएको वार्ताले स्थानीयका माग सम्बोधन गर्न समय तालिकासहित प्रतिबद्धतापत्र जारी गरेको छ।

त्यस्तै काठमाडौं महानगरपालिकाले हरेक घरमा कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै राख्न मंगलबारबाट सूचना जारी गर्नेछ।

असार मसान्तसम्म प्रचारप्रसार अभियान चलाएपछि साउन १ बाट महानगरले कुहिने र नकुहिने फोहोर छुट्टाछुट्टै गाडी पठाएर संकलन गर्नेछ।

साउन १ पछि कुनै घरले कुहिने र नकुहिने फोहोर मिसाएर फाल्न ल्यायो भने उसलाई कारबाही गरिने प्रतिबद्धतापत्रमा छ।

वार्तामा सहरी विकास मन्त्री रामकुमारी झाँक्री, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, उपमेयर सुनीता डंगोल, ककनी गाउँपालिका नुवाकोटका अध्यक्ष सुमन तामाङ, धुनिबेसी नगरपालिका धादिङका मेयर बालकृष्ण आचार्य लगायतको सहभागिता थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here