सरकारले काठमाडौं आएर पढ्ने विद्यार्थीलाई निःशुल्क विद्युतीय चुलो वितरण गर्ने, यसरी दिनुहोस् आवेदन

काठमाडौं, २५ जेठ । वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रले निःशुल्क विद्युतीय चुलो वितरणका लागि विद्यार्थीसँग आवदेन माग गरेको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले आज सूचना प्रकाशित गर्दै लोपोन्मुख आदिवासी जनजाति तथा दलित विद्यार्थीलाई निःशुल्क रुपमा बाँड्नका लागि आवेदन माग गरेको हो ।

विद्यार्थीलाई स्तरीकरण गरेर निःशुल्क रुपमा यस्तो चुलो वितरण गर्न लागिएको जनाइएको छ ।

केन्द्रले नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचयपत्र प्रतिलिपि तथा लोपोन्मुख आदिवासी जनजाति एवं दलित वर्ग खुल्ने परिचयपत्रको प्रतिलिपिसहित आगामी असार ९ गतेसम्म आवेदन दिन माग गरेको छ ।

यसका लागि विद्यार्थीले अनलाइनबाट फाराम भर्न सक्नेछन् ।

अनलाइन फारम भरी इमेलमा प्राप्त टोकन नम्बर समावेश गरेर नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शिक्षण संस्थाको सिफारिस र विद्यार्थी परिचय पत्रको प्रतिलिपिका साथ उर्जा प्रवर्द्धन केन्द्रमा आवेदन दिनु पर्नेछ ।

यसअघि गएको फागुन ९ गते समेत केन्द्रले सूचना जारी गर्दै विद्यार्थीसँग विद्युतीय चुलोका लागि आवेदन माग गरेको थियो । उक्त आवेदनमा माग पेस गरेका विद्यार्थीले भने पुनः निवेदन दिन नपाउने केन्द्रले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here