नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै, दक्षिण एसियामा सबैभन्दा राम्रो माल्दिभ्स

काठमाडौं, २५ जेठ । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत मात्रै रहने प्रक्षेपण सार्वजनिक गरेको छ ।

‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट’ प्रतिवेदन अनुसार सन् २०२२/२३ का लागि सार्वजनिक गर्दै विश्व बैंकले नेपालले ४१ प्रतिशतको आर्थिक वृद्धिदर प्राप्त गर्न सक्ने अनुमान गरेको हो ।

यसअघिको प्रक्षेपणभन्दा ०.२ प्रतिशत बिन्दुले अनुमान घटाएको छ । यस्तै, २०२३-२४ मा भने नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत हुने विश्व बैंकको संशोधित प्रक्षेपण रहेको छ ।

यसअघि, जनवरीमा जारी गरेको प्रोस्पक्टिभमा ६.४ प्रतिशत आर्थिक वृद्धि हुने विश्व बैंकको प्रक्षेपण थियो । नेपालले भने चालु आवमा २०७८-०७९ मा ५.८४ प्रतिशत तथा आगामी आर्थिक वर्ष २०७-८० को लागि भने ८ प्रतिशतको आर्थिक वृद्धिदर हुने लक्ष्य लिएको छ ।

यो वर्ष सार्क मुलुकमध्ये सबैभन्दा राम्रो आर्थिक वृद्धिदर माल्दिभ्सले गर्नेछ । माल्दिभ्सले सन २०२२ मा ७.७, २०२३ मा १०.२ र २०२४ मा ७.१ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने अनुमान गरिएको छ ।

नेपाल, पाकिस्तान र श्रीलंकाले भोगिरहेको विदेशी मुद्रा सञ्चितिको चापलाई पनि यस क्षेत्रको आर्थिक वृद्धिदर न्यून हुनुमा चुनौतीका रुपमा हेरिएको छ ।

दोस्रो स्थानमा भारत रहेको छ । सन् २०२३/२४ मा भारतले भने ७.१ प्रतिशत आर्थिक वृद्धि कायम गर्ने अनुमान गरिएको छ । त्यसैगरी बंगलादेशले ६.९, भुटानले ६.७ र पाकिस्तानले ४ प्रतिशत आर्थिक वृद्धि हासिल गर्ने विश्व बैंकको प्रक्षेपण छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here