टेलिकमका डेटा र भ्वाइस प्याक नमस्ते पे एपबाटै

काठमाडौं, २६ जेठ । नमस्ते पे प्रयोगकर्ताले अब टेलिकमको डेटा र भ्वाइस प्याक सुविधाहरु उपभोग गर्न पाउने भएका छन्।

कम्पनीको नमस्ते पे वालेट ब्यालेन्समार्फत टेलिकमका डेटा र भ्वाइस प्याकअन्तर्गत उपलब्ध सबै प्याकेज खरिद सुविधा पाउने भएका हुन्।

त्यसमा आकर्षक अफर समेत पाइने कम्पनीले जनाएको छ। एनडीपीसी नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले संयुक्त रुपमा प्रवर्द्धन गरेको भुक्तानी सेवा प्रदायक संस्था हो।

यसअन्तर्गत इन्टरनेट र स्मार्टफोन आवश्यक नपर्ने गरी यूएसएसडीबाट बैंक र वित्तीय पहुँच नभएका ग्रामीण क्षेत्रमा तथा मोबाइल एपमार्फत अन्य क्षेत्रमा समेत आधुनिक र सरल डिजिटल भुक्तानी सेवा प्रदान गर्ने दुवै प्रकारका विशेषता रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here