आँबुखैरेनीमा सडक भासिएको ठाउँमा २ जनाको शव भेटियो

काठमाडौं, २७ जेठ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ ड्याम नजिक सडक भासिदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ ।

सडक भासिएको स्थानबाट तल दुई वटा शव र कार भेटिएको छ । सडकभन्दा करिब ६० मिटर तल कार खसेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँले जनाएको छ ।

पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने आशंका गरिएको छ ।

सडक भासिएका कारण यातायात पूर्ण रुपमा अवरुद्ध छ । वैकल्पिक मार्ग नभएकाले दुवैतर्फ सयौं यात्रु अलपत्र छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here