साढे ४ अंकले बढ्यो नेप्से, १९ लाख कित्ता शेयर कारोबार

काठमाडौं, ३१ असार । मंगलवार नेप्से परिसूचक ४.४५ अंकले बढेर १ हजार २ सय ५९.०१ अंकमा पुगेको छ ।

कारोबारमा आएका सबै समुहको सूचक बढेको कारण नेप्से परिसूचक बढेको हो ।

मंगलबार सबैभन्दा धेरै सामुहिक लगानी कोषको सूचक बढेको छ । सामुहिक लगानी कोषको सूचक ४.९८ प्रतिशतले बढ्यो । त्यस्तै, होटलको २.७१ प्रतिशतले बढ्यो ।

मंगलवार १ सय ६१ कम्पनीको १९ लाख ५६ हजार ६ सय ३० कित्ता शेयर किनबेच हुँदा ३४ करोड ७२ लाख ८९ हजार रुपैयाँको कारोबार भयो ।

मंगलबार नबिल इक्विटी फन्डका शेयर धनीले सबैभन्दा धेरै कमाए । नबिल इक्विटीको शेयर मूल्य ९.१२ प्रतिशतले बढ्यो । त्यस्तै सिभील लघुवित्तको शेयर मूल्य ८.८२ प्रतिशतले बढ्यो, सिटीजन सामुहिक लगानीको ८.३० प्रतिशतले बढ्यो ।

सबैभन्दा धेरै गुमाउनेमा आँखुखोला जलविद्युत कम्पनीका शेयर धनी रहेका छन् । आँखुखोलाको शेयर मूल्य ४.१६ प्रतिशतले घट्यो । रिदी जलविद्युत विकास कम्पनीको शेयर मूल्य ३.२२ प्रतिशतले घट्यो भने स्वरोजगार लघुवित्त विकास बैंकको शेयर मूल्य २.८६ प्रतिशले घट्यो ।

मंगलवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बैंक रहेको छ । बैंकले ५ करोड ७८ लाख ७२ हजार रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here