अत्याधुनिक सुविधासहितको नयाँ कर्पोरेट भवन बनाउँदै ग्लोबल आइएमई बैंक

काठमाडौं, २७ जेठ । ग्लोबल आइएमई बैंकले काठमाडौंको लाजिम्पाटस्थित उत्तरढोकामा रहेको आफ्नै जग्गामा अत्याधुनिक नयाँ कर्पोरेट कार्यालय भवन निर्माण गर्ने भएको छ।

बैंकले उक्त भवनको डिजाइज बनाउने सम्झौतासमेत गरेको छ।

बैंकले नयाँ कर्पोरेट कार्यालय भवनको आर्किटेक्चुएल, मेकानिकल, विद्मुतीय इन्जिनियरिङलगायत डिजाइजका लागि डिल्लीबजारस्थित आर्किप्लान एसबिटी प्रालिसँग सम्झौता गरेको छ।

उक्त संझौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र आर्किप्लान एसबिटीका प्रमुख आर्किटेक्ट संजयबहादुर थापाबीच हस्ताक्षर भएको हो।

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा बैंकको २८८ शाखा, २६० एटिएम, २७५ शाखारहित बैंकिङ सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८७५ सेवा केन्द्रबाट २९ लाखभन्दा बढीलाई सेवा दिइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here