नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक गाभिएर मुलुककै ठूलो वाणिज्य बैंक बन्ने

काठमाडौं,२७ जेठ । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिने निश्चित भएको छ ।

दुबै बैंकबीच यस सम्बन्धमा प्रारम्भिक सम्झौता भएको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले प्रति सेयर ९० रुपैयाँका दरले मेगा बैंकलाई गाभेसँगै यो बैंक नेपालको सर्वाधिक ठूलो वाणिज्य बैंक बन्ने छ ।

मर्जरपछि बैंकको नाम ‘नेपाल इन्भेष्टमेन्ट मेगा बैंक’ रहने भएको छ । बैंकको अध्यक्ष नेपाल इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे रहने गरी सम्झौता भएको छ । बैंकको व्यवस्थापनको नेतृत्व नेपाल इन्भेष्टमेन्टका वर्तमान सीइओ ज्योतिप्रकाश पाण्डेले सम्हाल्ने भएका छन् ।

संयुक्त कारोबारअघि बन्ने सञ्चालक समितिमा तीन जना इन्भेष्टमेन्ट बैंक र अर्को तीन जना मेगा बैंकको तर्फबाट सञ्चालक हुने छन्। स्वतन्त्र सञ्चालक इन्भेष्टमेन्ट बैंक पक्षले छान्ने छ। अहिले नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड रुपैयाँ रहेको छ ।

मेगा बैंकको चुक्ता पुँजी १६ अर्ब १२ करोड रुपैयाँ छ । मेगा बैंकबाट नेपाल इन्भेष्टमेन्टमा १४ अर्ब ५० करोड रुपैयाँ थपिने छ। त्यसपछि एकीकृत बैंकको चुक्ता पुँजी ३२ अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ। यो चुक्ता पुँजीका हिसावमा मुलुकको ठूलो बैंक बन्ने छ ।

शुक्रबार सम्पन्न सम्झौता पत्रमा इन्भेष्टमेन्ट बैंकका तर्फबाट पृथ्वीबहादुर पाँडे र मेगा बैंकका तर्फबाट अध्यक्ष भोजबहादुर शाहले हस्ताक्षर गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here