सफा हुँदै महानगरका सडक, एकैदिन २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन

फाइलफोटो

काठमाडौं, २८ जेठ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा शनिवार करिव २ हजार ३ सय मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ।

शुक्रवार १५३ ट्रक फोहोर व्यवस्थापन गरिएकोमा शनिवार २ हजार ३ सय मेट्रिक टन फोहोर ल्याण्डफिल साइटमा व्यवस्थापन गरिएको हो ।

फोहोर ढुवानी तथा अन्तिम विसर्जन कार्यका लागि केही अवरोध नरहेको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

यही गतिमा काम भएमा केही दिनमै काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन हुने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here