सुनको भाउ एकैदिन प्रतितोला १५ सय रुपैयाँ बढ्यो

काठमाडौं, २९ जेठ । सुनको भाउ प्रतितोला १ हजार ५ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतवार सुनको भाउ प्रतितोला ९९ हजार २ सय रुपैयाँ पुगेको छ । यसअघि शुक्रबार ९७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै तेजावी सुनको भाउ ९८ हजार ७ सय रुपैयाँ पुगेको छ।

त्यस्तै आइतबार चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here