त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा धमाधम बन्दैछन् पूर्वाधार (फोटो फिचर)

काठमाडौं, २९ जेठ । त्रिभुवन विमानस्थलमा आन्तरिक टर्मिनल भवनको शिलान्यास भएको छ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले आइतवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरको प्रस्तावित आन्तरिक टर्मिनल भवन शिलान्यास गरेका हुन् ।

हाल एउटै टर्मिनल भवनबाट प्रस्थान र आवागमन हुँदै आएको छ। अब भने हालको आन्तरिक टर्मिनल भवनको दायाँपट्टि नयाँ आवागमन टर्मिनल भवन बन्नेछ ।

आन्तरिक हवाई यात्रुको चाप बढेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिकतर्फको टर्मिनल भवन बनाउन लागेको बताएको छ ।

भवनको शिलान्यास गर्दै मन्त्री आलेले भवन निर्माणको काम समय अगावै सक्न भवन निर्माणको जिम्मा पाएको ब्राइट मल्टी कन्स्ट्रक्सनसँग आग्रह गरे । एक वर्षभित्र आन्तरिक टर्मिनल भवन ५ करोडमा निर्माण गर्ने लक्ष्य छ ।

त्यसबाहेक आन्तरिक टर्मिनल भवनको विस्तारित प्रस्थान कक्षको पनि उद्घाटन गरेका छन्।

त्रिभुवन विमानस्थललाई बुटिक विमानस्थल गौचरण हाताभित्र बुटिक अवधारणाअनुसार नवनिर्मित वाटर फाउन्टेनको पनि उद्घाटन गरेका छन्।

वाटर फाउन्टेन नेपाली कला झल्किने गरी निर्माण गरिएको छ। चार दिशामा करुवा र बाहिरपट्टि ढुंगेधाराबाट पानी झर्ने व्यवस्था मिलाइएको छ।

तस्वीरहरु : नेपाल नागरिक उड्डयन प्राधिकरण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here