बैंकहरुको ब्याजदर फागुनदेखि यथावत, असारमा पनि नबढाउने सहमति

काठमाडौं, २९ जेठ । वाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याजदर फागुनदेखि यथावत राखेका छन् ।

माघ महिनाको तुलनामा मुद्दती निक्षेपको ब्याजदर १० प्रतिशतले बढाएर ११.०३ प्रतिशत कायम गरिएको थियो ।

त्यसपछि ब्याजदर यथावत रहँदै असारमा पनि सोही ब्याजदर कायम रहने भएको हो । ब्याजदर बढाउँदा पनि अपेक्षित रुपमा निक्षेप बढ्न नसकेको निष्कर्ष निकाल्दै बैंकहरूले ब्याजदर नबढाउने भएका हुन् ।

वाणिज्य बैंकहरूले गत फागुनमा निक्षेपको ब्याजदर बढाएका थिए भने चैतदेखि यता स्थिर राखेका छन् । जेठमा जस्तै असारमा पनि निक्षेपको ब्याजदर नबढाउने सहमति भएको बैंकर्स संघले जनाएको छ ।

अहिले निक्षेपतर्फ व्यक्तिगत मुद्दतीमा ११.०३ प्रतिशत, संस्थागत मुद्दती निक्षेपमा १०.०३ प्रतिशत ब्याज बैंकहरूले दिइरहेका छन् । यसैगरी बचतमा न्यूनतम ६.०३ प्रतिशत र रेमिट्यान्स खातामा १२.०३ प्रतिशत ब्याज दिइरहेका छन् ।

गत फागुनमा राष्ट्र बैंकले कर्जा प्रवाह निरुत्साहन गर्न भन्दै बैंकहरूलाई ब्याजदर बढाउन निर्देशन दिएको थियो । बैंकहरूले फागुनमा ब्याजदर बढाए पनि चैत यता ब्याजदर बढाएका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here