रेमिट्यान्स सचेतनाका लागि आइएमईको प्रभातफेरी

काठमाडौं । आइएमईले आफ्नो २२औँ वार्षिकोत्सवका अवसरमा शनिबार विहान प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

केन्द्रीय कार्यालय पानीपोखारीबाट सुरू भएको प्रभातफेरी लैनचौर, उत्तरढोका, बालुवाटार हुँदै पुनः केन्द्रीय कार्यालयमा आई समापन गरिएको थियो ।आइएमईले रेमिट्यान्स सचेतना जगाउने उद्देश्यले यो प्रभातफेरी कार्यक्रमको आयोजना गरेको जनाएको छ ।

आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रबन्ध निर्देशक हेमराज ढकालले नेतृत्व गरेको उक्त प्रभातफेरी कार्यक्रममा रेमिटेन्स सचेतना सम्बन्धि नारा अंकित प्लेकार्ड बोकेका ग्रुपमा कार्यरत सयौँ कर्मचारीहरूको सहभागिता रहेको थियो ।

हरेक वर्ष जेठ २९ मा आइएमईले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । आइएमईले हाल देशका सहरी तथा ग्रामीण गरी २२५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सव एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here