सिवाईसी नेपाल लघुवित्तको शेयर सोमवारदेखि कारोवारमा आउने, ओपनिङ रेञ्च कति ?

काठमाडौं, २९ जेठ । सिवाईसी नेपाल लघुवित्तको साधारण शेयर (आइपीओ) नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ ।

कम्पनीको १२ लाख १६ हजार ४ सय १८ कित्ता शेयर शुक्रबार सुचिकृत भएको हो ।

शेयर सुचिकृत भएसँगै सोमबारदेखि कम्पनीको शेयर कारोबारमा आउने छ । कम्पनीको सिवाईसीएल संकेतबाट कारोबार हुने छ ।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि ३४४.३६ रुपैयाँदेखि १०३३.०८ रुपैयाँसम्मको सुरुवाती रेन्ज तोकेको छ । यस रेन्जबीचको जुनसुकै मुल्यमा रहेर कम्पनीको पहिलो कारोेबार हुन सक्ने छ ।

यससँगै कम्पनीको उक्त शेयर सोमवारदेखि दोश्रो बजारमा किनबेच हुने छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेट वर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ ।

यस रेन्जको बीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ ।

सोमवार प्रि–ओपन सेसन (बिहान १०ः३०–१०ः४५ बजेसम्म) यी कम्पनीको शेयर तोकिएको रेन्जभित्र किनबेच भएमा नियमित समय (बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म) का लागि कारोबार खुल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here