दुईतर्फी नै खुल्यो मुग्लिन-आँबुखैरेनी सडक, दैनिक पाँच घण्टा बन्द भने यथावत

काठमाडौं, ३० जेठ । पृथ्वी राजमार्गको मुग्लिन–आँबुखैरेनी सडक खण्ड पूर्ण रुपमा खुलेको छ । २७ जेठको बिहान साँखरमा पहिरोले सडक भत्काएपछि त्यो सडक अवरुद्ध भएको थियो ।

२७ गते दिउँसो भित्तो खारेर सडक बनाएपछि दिउँसोको समयमा साना गाडी चल्दै आए पनि रातिको समयमा सडक पूर्ण रुपमा बन्द थियो । यस्तै मालबाहक तथा ठूला सवारी साधान २७ गतेदेखि नै बन्द थिए ।

तर अब सबै प्रकारका गाडी जतिखेर पनि चल्न पाउने स्थानीय प्रशासनले जनाएको छ । मुग्लिन आँबुखैरेनी सडक खुल्ला भए पनि याम्फा फाँट–घाँसीकुवा खण्डमा भने राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन बन्द गरिएको छ । यो सडक मर्मतका लागि भन्दै यसअघि नै रातिको समयमा बन्द गर्ने गरिएको थियो ।

सडक डिभिजन कार्यालय दमौलीले सडक भासिएको कुनापट्टिबाट भित्ता काटिरहेको छ। उक्त सडक मर्मत नहुँदासम्म भासिएको खण्डमा एकतर्फी मात्रै सवारी सञ्चालन भइरहेको छ।

यता, मुग्लिङ-पोखरा सडकखण्ड निर्माणका लागि याम्पाफाँट र घाँसीकुवा सडकखण्डमा राति ११ बजेदेखि बिहान ४ बजेसम्म यातायात आवागमन भने यसअघिको सूचना अनुसार नै बन्द रहने प्रशासनले जनाएको छ।

मुग्लिन-पोखरा सडक विस्तार गरिँदै, याम्पा-घाँसीकुवा खण्ड दैनिक पाँच घण्टा बन्द

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here