सुन चाँदीको भाउ घट्यो, कतिमा हुँदैछ कारोबार ?

फाइलफोटो

काठमाडौं, ३० जेठ । नेपाली बजारमा सुनको भाउ ओरालो लागेको छ । अघिल्लो दिनको तुलनामा सोमवार सुन प्रति तोला ३ सय रुपैयाँ घटेको हो ।

नेपाल सुन चाँदी व्यवसायीको अनुसार आइतवार प्रतितोला ९९ हजार २०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार ९ सय रुपैयाँमा कारोबार भै रहेको छ ।

तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ४ सय रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि घटेको छ ।

हिजो आइतवार प्रतितोला १ हजार २८० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २६५ रुपैयाँमा कारोबार भैरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here