एसियाकप छनोट : इन्डोनेसियासँग नेपालको लज्जास्पद हार

काठमाडौं । एएफसी एसियन कप २०२३ अन्तर्गत तेस्रो चरणमा इन्डोनेसियाविरुद्ध नेपाल पराजित भएको छ ।

समूह ‘ए’ मा रहेको नेपाली टोली तेस्रो हार बेहोर्ने क्रममा इन्डोनेसियाविरुद्ध ७–० गोल अन्तरले पराजित भएको हो ।

कुवेत सिटीमा सकिएको खेलमा इन्डोनेसियासामु नेपाली युवा टोली निरीह बन्यो । इन्डोनेसियाविरुद्ध पहिलो हाफमा दुई गोल खाएको नेपालले दोस्रो हाफमा थप पाँच गोल व्यहोरेको थियो

यसअघि नेपालले जोर्डनसँग २–० र दोस्रो खेलमा आयोजक कुवेतसँग ४-१ गोलको हार बेहोरेको थियो । नेपाललाई हराउँदै इन्डोनेसिया ६ अंक जोडेर एसियन कपमा छनोट भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here