विश्वकप फुटबल खेल्ने सबै टीमको लाग्यो टुङ्गो, कुन टीम कोसँग प्रतिस्पर्धा गर्दै ?

Photo : Marca

१ असार, काठमाडौं । फिफा विश्वकप फुटबल २०२२ खेल्ने सबै मुलुकको टुङ्गो लागेको छ । कतारले आयोजना गर्ने विश्वकप २१ नोभेम्बर देखि १८ डिसेम्बरसम्म चल्नेछ । विश्वकप खेल्ने आयोजक कतारसहित ३२ वटै टीमको टुङ्गो लागेको छ ।

अन्तरमहादेशीय प्लेअफअन्तर्गत मंगलबार राति भएको खेलमा कोस्टारिकाले न्युजिल्याण्डलाई १-० ले हराउँदै विश्वकपमा स्थान सुरक्षित गर्यो । फिफाले यसअघि नै विश्वकपको समूह विभाजन गरेको थियो । कोस्टारिका सोही विभाजनको एक कठिन समूहमा परेको छ । जहाँ स्पेन, जर्मनी र जापान छन् ।

कतार विश्वकपका लागि कोस्टारिकासँगै उत्तर अमेरिकाबाट चार राष्ट्र छनोट भएका छन् । युरोपबाट १३ मुलुक आएका छन् । एसियाबाट पहिलो पटक ६ मुलुक प्रतिस्पर्धामा छन् ।

अफ्रिकाबाट ५ र दक्षिण अमेरिकाबाट ४ मुलुक आएका छन् । २२औं संस्करणको पिmफा विश्वकप कतारका ५ वटा सहरमा बनाइएका ८ वटा अत्याधुनिक रंगशालामा हुँदैछ । उद्घाटन खेल समूह ए को नेदरल्यण्ड्स र सेनेगलबीच हुने भएको छ ।

समूह र टोली

समूह ए – कतार, नेदरल्याण्ड, सेनेगल, इक्वेडर

समूह बी – इंग्ल्यान्ड, अमेरिका, इरान, वेल्स

समूह सी – अर्जेन्टिना, मेक्सिको, पोल्याण्ड, साउदी अरेबिया

समूह डी – फ्रान्स, डेनमार्क, ट्युनिसिया, अष्ट्रेलिया

समूह ई – स्पेन, जर्मनी, जापान, कोस्टारिका

समूह एफ – बेल्जियम, क्रोएसिया, मोरक्को, क्यानडा

समूह जी – ब्राजिल, स्वीट्जरल्याण्ड, सर्बिया, क्यामरुन,

समूह एच – पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया, घाना

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here