सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्डमा तीन महिना टिपर चलाउन रोक

फाइलफोटो

काठमाडौं, २ असार । बुटवल–पाल्पा सडक खण्डमा टिपर चलाउन रोक लगाएको छ ।

सडक डिभिजन कार्यालय पाल्पाले सूचना जारी गर्दै भदौ मसान्तसम्म तीन महिनाका लागि टिपर सञ्चालनमा रोक लगाएको हो ।

तीन महिनाका लागि सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडक खण्डमा टिपर सञ्चालनमा रोक लगाएको हो ।

कार्यालयले जारी सूचनामा सिद्धार्थ राजमार्गको सिद्धबाबा दोभान क्षेत्रमा हालै कालोपत्रेको काम भएको र वर्षातको समयमा ठूला मालवाह सवारी सञ्चालन हुँदा कालोपत्रेको पटहोल निस्कन गई सडक जीर्ण बन्ने हुँदा ठूला सवारी सञ्चालनलमा रोक लगाइको उल्लेख गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here