हस्तकला महासंघका पदाधिकारीले भेटे थाइल्याण्डका राजदुत, बैंककमा हुने मेलामा नेपाललाई सहभागी गराउन अनुरोध

????????????????????????????????????

काठमाडौं, २ असार । नेपाल हस्तकला महासंघका पदाधिकारीहरुले नेपालका लागि थाइल्याण्डका राजदूत भोसिता भोरासाफसँग भेटवार्ता गरेका छन् ।

सो अवसरमा थाइल्याण्डको बैंककमा बर्षेनी आयोजना हुने जेम एण्ड ज्वेलरी सो जस्ता हस्तकला व्यापार मेलाहरुमा नेपाल हस्तकला महासंघका हस्तकला उद्यमी व्यवसायीहरुलाई सहभागिता गराउन महासंघका अध्यक्ष प्रचण्डमान शाक्यले अनुरोध गरे ।

यसबाट हस्तकला व्यवसायी र हस्तकलाकर्मीहरुलाई थाइल्याण्ड र नेपालबीच कला, शिल्प तथा प्रविधि अध्ययन अवलोकन गर्न अवसर प्राप्त हुने समेत बताए ।

साथै बैंककमा नेपालमा उत्पादित वस्तुहरुलाई अन्तर्राष्ट्रिय बजारमा पहिचान गराउन नेपाल एकदेशिय मेला आयोजना गर्नु पर्ने आवश्यकतालाई मनन गर्नु भई नेपाली हस्तकला उद्यमी, व्यसायी र कलाकारहरुले आयातकर्ताहरुको चाहना अनुरुप वस्तु डिजाईन र रङ्ग संयोजनका बारेमा र विदेशी क्रेता विक्रेताहरु वीच एक आपसमा ब्यापारिक अनुभव, सीप, प्रविधि र डिजाईनको आदान प्रदान गर्न समेत यस्ता मेलाले सहयोग पु¥याउन सक्ने जानकारी दिए ।

सो अवसरमा उनले थाइल्याण्डको च्याङमाई विश्वविद्यायको अनुरोधमा ७ दिने धातुपत्र कला र मूर्तिको तालमान सम्बन्धमा आफुले दिएको प्रशिक्षणको स्मरण गर्दै कला आदान प्रदान कार्यक्रम आगामी दिनहरुमा गर्दै जानु पर्ने बारेमा राजदूतको ध्यानाकर्षण गराए ।

महासंघका वाणिज्य क्षेत्रका उपाध्यक्ष दिल्ली रत्न तुलाधरले थाइल्याण्डमा नेपाली हस्तकलाको बजार प्रवद्र्धनको लागि थाईल्याण्ड सरकारले नेपाली वस्तुहरुको निर्यातमा लगाएको भन्सार महशुल सम्बन्धी र थाइल्याण्ड सरकारबाट नेपाली सम्पदाहरुको निर्माण गर्न सहयोगको अपेक्षा राखे ।

महासंघले उठाएका विषयवस्तु विशेष गरी थाइल्याण्ड सरकारले नेपाली हस्तकला वस्तुमा लगाएको भन्सार महसुलका सम्बन्धमा थाइल्याण्ड सरकारसंग कुरा गर्ने प्रतिवद्धता महामहिम थाइल्याण्डका राजदूतले प्रतिबद्धता जनाए । राजदुत तथा उनका धर्मपत्नी र थाइल्याण्डको शाही राजदूतावासका नियोग उपप्रमुखलाई समेत महासंघका अध्यक्षले स्वागत गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here