कतार एयरवेजको नाफामा ऐतिहासिक रेकर्ड, एक वर्षमा १ करोड ५० लाख यात्रुलाई सेवा

काठमाडौं, ३ असार । कतारको सरकारी स्वामित्वमा रहेको कतार एयरवेजले आफ्नो स्थापनाको २५ औं बार्षिकोत्सव ऐतिहासिक उपलब्धिका साथ मनाएको छ ।

आफ्नो स्थापनाका २५ औं बर्ष पुरा गरेर २६ औं बर्षमा प्रवेश गरेको कतार एयरवेजले चालू आवमा २ सय प्रतिशत नाफा कमाएर ऐतिहासिक रेकर्ड बनाएको छ ।

कम्पनीको २०२१/२२ को बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो । एयरलाइन्सका लागि सबैभन्दा अप्ठ्यारो परिस्थितीमा पनि कम्पनीले ऐतिहासिक रेकर्ड बनाउनुको श्रेय सफल रणनीतिलाई दिएको छ ।

जसले ग्राहकको आवश्यकता र विकाशील बजार अवसरहरु साथै दक्षता र आफ्ना विश्वव्यापी कर्मचारीहरुको प्रतिवद्धतामा केन्द्रित रह्यो ।

यो नाफा कतार एयरवेस समुहका लागि मात्र नभई यो आर्थिक बर्षको नतिजा प्रकाशित गर्ने विश्वभरका सबै एयरलाइन्सको भएको बताएको छ ।

कतार एयरवेजले आर्थिक बर्ष २०२१/२२ मा १ दशमलव ५४ बिलियन अमेरिकी डलर खुद नाफा गरेको बताएको छ ।

राजस्व गत आवको तुलनामा ७८ प्रतिशतले बढेर १४ दशमलव ४ बिलियन अमेरिकी डलर पुगेको हो । यो कोभिड अघिको आर्थिक वर्ष २०१९/२० भन्दा २ प्रतिशतले बढी हो ।

कतार एयरवेजको नेटवर्कको वृद्धि, बजार हिस्सामा भएको वृद्धि र लगातार दोस्रो आर्थिक वर्षमा उच्च इकाई राजस्वका कारण गत वर्षको तुलनामा यात्रु राजस्व २१० प्रतिशतले बढेको हो ।

कतार एयरवेजले १ करोड ५० लाख यात्रु बोकेको छ, जुन गत वर्षको तुलनामा २१८ प्रतिशतले बढेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here