स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा, दक्षिण एसियाली मानिसको आयु पाँच वर्ष घट्यो

फाइलफोटो

काठमाडौं । वायु प्रदूषण अहिले मानव स्वास्थ्यका लागि सबैभन्दा ठूलो वातावरणीय खतरा भएको भन्दै गएको छ ।

जलवायु परिवर्तनसँगसँगै वायु प्रदूषण मानव स्वास्थ्यको लागि सबैभन्दा वातावरणीय खतरा बन्दै गएको अध्ययनले देखाएको छ ।

वायु गुणस्तर सुधार गर्दा जलवायु परिवर्तन कम गर्ने प्रयासमा वृद्धि हुनेछ र वायु गुणस्तर सुधार नगर्दा यसको ठीक विपरीत प्रभाव पर्ने देखाइएको छ ।

अमेरिकाको शिकागो विश्वविद्यालयको इनर्जी पोलिसी इन्स्टिच्युटले गरेको अध्ययनअनुसार क्रोनिक एयर पोलुसनका कारण विश्वमा मानिसको आयु २ वर्ष घटेको छ । यता दक्षिण एसियामा मानिसको आयु पाँच वर्ष घटेको छ ।

वायु प्रदुषणका कारण हुने जोखिम एचआईभी एड्स र आतंकवादभन्दा पनि निकै बढी रहेको अध्ययनले देखाएको छ ।

हालै प्रकाशित एयर क्वालिटी लाइफ इन्डेक्सका अनुसार विश्वका ९७ प्रतिशत मानिस जहाँ वायु प्रदुषणको अवस्था नाजुक छ , त्यहाँ बस्छन् ।

सन् २०१३ पछि विश्वमा भएको वायु प्रदुषणको कारणको ४४ प्रतिशत हिस्सा भारतको छ । उता चीनले भने वायु प्रदुषण नियन्त्रण युद्धस्तरमा गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here