विद्युत प्राधिकरणले गर्‍यो तोकिएको समयमा काम नगर्ने व्यवसायीहरूसँगको ठेक्का सम्झौता रद्द

काठमाडौं, ५ असार । नेपाल विद्युत प्राधिकरणले विभिन्न कम्पनीहरूसँगको ठेक्का सम्झौता रद्द गरेको छ ।

प्राधिकरणले एक सूचना जारी गर्दै विभिन्न निर्माण कार्य गर्न ठेक्का सम्झौता गरेका यी निर्माणकर्तालाई पटक पटक लिखित तथा मौखिक ताखेता गर्दा समेत तोकिएको अवधिभित्र कार्य पूरा नगरेको र कार्य प्रगति सन्तोषजनक नदेखिएकाले ठेक्का रद्द गरिएको जनाएको हो ।

रद्द गरिएकोमा ३ वटा आयोजनामा काम गर्ने एउटै निर्माण व्यवसायी जनमुखी कन्स्ट्रक्सन–बाग्मती कंक्रिट जेभी ललितपुर रहेको छ ।

त्यस्तै निर्माण व्यवसायी युनिकर्न कन्स्ट्रक्सन प्रालि, काठमाडौंसँगको पनि ठेक्का सम्झौता प्राधिकरणले रद्द गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here