निर्माण व्यवसायीलाई मन्त्रालयको निर्देशन-‘सडकदेखि भवनसम्मका ३२ निर्माण योजना चालू आवभित्रै सक्नु’

काठमाडौं, ५ असार । सहरी विकास मन्त्रालयले चालू आर्थिक वर्षभित्र ३२ सडक योजना निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिएको छ।

आइतबार सूचना जारी गरी ती योजना आगामी वर्षको कार्यक्रममा समावेश नगरिएकाले चालू आवभित्र निर्माण सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन जारी गरेको हो।

निर्माण व्यवसायीहरुले चालु आवभित्र निर्माण कार्य सम्पन्न गरी फरफारक गर्न समेत विभागीय निर्देशन भएको सहरी विकासले उल्लेख गरेको छ।

साथै सम्पूर्ण निर्माण व्यवसायीहरुलाई सम्झौता अवधि भित्रै निर्माण कार्य सम्पन्न गरी निर्धारित समयमा भुक्तानीका लागि अन्तिम बिल समेत पेश गर्न भनिएको छ।

निर्माण सम्पन्न गर्नुपर्ने योजनामा सडकदेखि भवन निर्माणसम्म रहेका छन्। निर्माण सम्पन्न गर्नुपर्ने योजनामा सार्क सेक्रेटरी भवन, कालीमाटी करिडोर, साँखु–नगरकोट सडक विस्तार, सिर्जनानगर–हनुमन्ते पुललगायतका योजना रहेका छन्।

यस्तै, गोकर्ण–माइती नेपाल–संन्यासीटार–देभस्थल–भीमसेनथान सडक, फेदीखोला–विचोरेथोक–बतासेडाँडा, झाउखेल–बोपोपुल–लिलिटोल–इँटाभट्टा सडक, ओखेनी–खत्रीगाउँ–रिशिखत्रीको घर सडक, ज्योतिलिंगेश्वर–दोल्ची– नारायणटार–डिही न्यौपाने गाउँ सडक रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here