यी पाँच मेकअप सामग्रीले गर्छ हानी, प्रयोग गर्दा अपनाउनुस् सावधानी

काठमाडौं । हरेक मानिसलाई सुन्दर र आकर्षक देखिने चाहना हुन्छ । यसको लागि धेरैले मेकअप सामग्रीहरुको सहारा लिने गर्छन् ।

आकर्षक र सुन्दर देखिनको लागि हामीले आफ्नो शरीरका सबै अंगहरुको विशेष ख्याल गर्नुपर्छ । बजारमा अहिले विभिन्न प्रकारका मेकअप सामग्रीहरु पाइन्छन् जसको सहयोगमा हामीले आफ्नो सौन्दर्यमा निखारता ल्याउन सक्छौं ।

विशेषगरी मेकअपमा विभिन्न सामग्रीहरुको प्रयोग पुरुषले भन्दा महिलाहरुले धेरै गर्ने गरेको पाइन्छ । मेकअपका सामग्रीहरु हाम्रो शारीरिक अंगहरुलाई राम्रो त बनाउँछ तर, सावधानी नअपनाइनकन जथाभावी मेकअप गर्नाले हाम्रो शरीरमा नकारात्मक प्रभाव पनि पर्न सक्छ ।

आजभोली धेरै युवतीहरुले अत्यधिक मेकअप सामग्रीहरुको प्रयोग गर्ने गर्छन् तर, उनीहरुले यस्ता सामग्रीहरुले आफ्नो शरीरलाई हानी गर्छ भन्नेतर्फ भने ध्यान दिँदैनन् ।

यस्ता सामग्रीहरुमा विभिन्न किसिमका सिंथेटिक रसायन प्रयोग गरिएको हुन्छ, जसले हाम्रो छालालाई गम्भिर असर गर्ने गर्छ ।

धेरै प्रकारका अध्ययनहरुबाटमा यस्ता उत्पादनहरुमा कार्सिनोजेनिक मिसावट हुने पत्ता लागेको छ । यस्ता मेकअप वा कस्मेटिक सामग्रीहरुले विभिन्न प्रकारका छाला सम्बन्धी रोगहरु निम्त्याउने गर्छ ।

यस्ता मेकअप सामग्रीहरुले हाम्रो शरीरका अंगहरुमा हानी गर्छ । थाहा पाइराखौं कुन चीजले कस्तो हानी गर्छः

१. लिपस्टिक

दैनिक लिपस्टिक लगाउनाले ओठको नरमपन कम भई ओठ सुख्खा हुने गर्दछ । धेरै प्रकारका लिपस्टिकमा तेल र केमिकल प्रयोग गरिएको हुन्छ ।

यसले क्षणिक रुपमा ओठ राम्रो देखाउने काम गरेपनि कालान्तरमा समस्या पैदा गर्छ ।

यस्तो प्रकारको केमिकलको प्रभावको कारण मस्तिष्क क्षति हुनुका साथै छालाको कोषहरुको विकासमा पनि प्रभाव पार्छ ।

२. गाजल

आजभोलीका युवतीहरुमा गाजल धेरै लगाउने फेसन नै चलेको छ । गाजलको प्रयोग आँखालाई राम्रो देखाउनको लागि गरिन्छ ।

तर, गाजल पनि सुरक्षित मेकअप सामग्री भने होईन् । यसले पनि हाम्रो शरीरमा नकारात्मक प्रभाव पार्ने गर्छ । यसमा प्रयोग हुने केमिकललाई विषाक्त मानिन्छ । यसमा प्रयोग हुने यूवाइटिस, ग्लोकोमाले जस्ता केमिकललाई आँखा सुख्खा बनाउने र आँखामा इन्फेक्सन गर्ने प्रमुख तत्व मानिन्छ ।
यसकारण आँखामा धेरै मात्रामा गाजल लगाउनु पनि राम्रो होइन ।

३. पाउडर

ट्याल्कम पाउडरमा सिलिकेट टाल्क जस्ता रसायनीक तत्व प्रयोग भएको हुन्छ । यसको प्रयोगको कारण फोक्सोमा सक्रमण हुने सम्भावना धेरै हुन्छ । यस्तो पाउडरको प्रयोग प्राय गर्मी मौसममा गरिन्छ । किनकि यस्तो पाउडरले पसिना सोस्ने काम गर्छ ।

यस्तो पाउडरको प्रयोग आवश्यकता भन्दा धेरै गरेमा प्रजनन स्वास्थ्यसँग सम्बन्धित रोग लाग्नुका साथै क्यान्सर हुने खतरा पनि हुने गर्दछ ।

४. नङ पालिस

यदि तपाईं दैनिक रुपमा आफ्नो कपडा अनुसारको नङ पालिस लगाउनुहुन्छ भने यस्तो बानी तपाईंको स्थास्थ्यको लागि घातक हुनसक्छ ।

यसरी धेरै मात्रामा नङ पालिसको प्रयोग गरेमा पालिसमा प्रयोग हुने एसीटोन रसायनको कारण नङ कमजोर हुनुका साथै नङलाई पहेलो पार्ने काम गर्दछ ।

५. कपालमा प्रयोग गरिने रंग

हामी सबैलाई थाहा भएकै कुरा हो, आजभोली कपालमा विभिन्न रंगको प्रयोग गर्नु पनि एक फेसन नै भएको छ । यस्ता रंगहरुमा प्रयोग भएका केमिकलको कारण कपाल झर्ने, कपालको जरा दुख्ने, सुख्खा हुने, दुई मुख भएको कपाल आउने जस्ता समस्या देखिन्छ ।

कपालमा प्रयोग गरिने यस्ता रंगहरुमा विभिन्न प्रकारका रसायनहरुको प्रयोग भएको हुन्छ जुन मानव स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
(एजेन्सीको सहयोगमा)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here