१६ अंकले बढ्यो नेप्से, १३ लाख कित्ता शेयर कारोबार

काठमाडौं, साउन १ । नेप्से परिसूचक उत्साहजनक रुपमा वृद्धि भएको छ । बुधवार नेप्से परिसूचक १५.८५ अंकले वृद्धि भई १ हजार २ सय ७४.८६ अंकमा पुगेको छ ।

कारोबारमा आएका मध्ये होटल र फाइनान्स समुहको सूचक बुधवार पनि घट्यो भने अन्य सबै समुहको परिसूचक बढ्यो ।

बुधवार सबैभन्दा धेरै लघुवित्त समुहको सूचक बढ्यो । लघुवित्तको शेयर १.८१ अंकले बढ्यो । त्यस्तै विकास बैंकको १.६९ प्रतिशत, जलविद्युतको १.५५ प्रतिशत, बैंकिङको १.४७ प्रतिशत, उत्पादन क्षेत्रको १.३२ प्रतिशत, निजीवन विमाको १.०९ प्रतिशतले बढ्यो भने अन्य समुहको सामान्य प्रतिशतले बढ्यो ।

बुधवार १ सय ६७ कम्पनीको १३ लाख ७५ हजार १ सय ९० कित्ता शेयर किनबेच हुँदा ४२ करोड ६७ लाख ४३ हजार रुपैयाँको कारोबार भयो ।

बुधबार सबैभन्दा धेरै उन्नती लघुवित्त वितीय संस्थाका शेयर धनीले कमाए । उन्नतीको शेयर मूल्य ७ प्रतिशतले बढ्यो । त्यस्तै, समिट लघुवित्तको शेयर मूल्य ६.८६ प्रतिशत र ग्लोबल आईएमई लघुवित्तको शेयर मूल्य ६.७६ प्रतिशतले बढ्यो ।

त्यस्तै सबैभन्दा धेरै गुमाउनेमा सीभिल लघुवित्तका शेयर धनी रहेका छन् । सीभिलको शेयर मूल्य ९ प्रतिशतले घट्यो । त्यस्तै दिव्यास्वरी जलविद्युतको शेयर मूल्य ८.९७ प्रतिशत र अरुन काबेलीको शेयर मूल्य ५.३१ प्रतिशतले घट्यो ।

बुधवार सबैभन्दा धेरै कारोबार गर्नेमा नेपाल बैंक लिमीटेड रहेको छ । बैंकले बुधवार ४ करोड ७५ लाख रुपैयाँको कारोबार गर्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here