बन्दुक र माओवादी द्वन्द्वको छायाँमा यसरी मौलायो दीया र मनिषको प्रेम (भिडियोसहित)

काठमाडौं । चलचित्र ‘दोख’को दोस्रो टिजर युट्युबमा सार्वजनिक भएको छ ।

प्रदर्शनको संघारमा रहेको अनुप बराल निर्देशित चलचित्र दोस्रो टिजर बुधबार सार्वजनिक भएको हो ।

चलचित्र टिजरमा अभिनेता मनिष निरौला र दीया मास्के केन्द्रित छ। गाउँको विद्यालयका शिक्षकको भूमिकामा देखिएका मनिष र दीयाबीचको सम्बन्धलाई दर्शाउन खोजिएको छ ।

दुई बीच बाटोमा भएको कुराकानी र मनिषको मनमा दियाप्रति भएको प्रेमको अंकुरणलाई प्रस्तुत गरिएको छ। त्यसपछिको दृश्यमा भने दिया र मनिषलाई नै माओवादी लडाकुले कुटपिट गरेको देखाइएको छ।

चलचित्रमा दीया र मनिषसहित लोकमणि सापकोटा, माओत्से गुरुङ, रोयदीप श्रेष्ठ लगायतको अभिनय छ ।

शैलेन्द्रध्वज कार्कीको छायांकन, आभाषको संगीत, श्रवण मुकारुङको शब्द र उत्तम न्यौपानेको ध्वनि रहेको चलचित्र राजन कठेतले लेखेका हुन् । सविन ज्ञवाली र मनोज अधिकारीले फिल्म निर्माण गरेका हुन् ।

चलचित्र असार २४ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here