सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं, ९ असार । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा बिहीवार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ पुगेको छ । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ८०० रुपैयाँ थियो ।

चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here