दक्षिण एसिया स्तरीय पब्जी प्रतियोगितामा नेपालका दुई टोली दोश्रो र तेस्रो स्थानमा

काठमाडौं, ९ असार । पब्जी मेबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ नेपालका दूई टोली दोश्रो र तेस्रो भएका छन् ।

मंगोलियाको स्टाल्वार्ट ईस्पोर्ट्स विजयी भएको सो टुर्नामेन्टमा नेपालका ट्रेन्ड टु किल र ज्यानमारा क्रमशः दोस्रो र तेस्रो भएका छन् ।

२०२२ को पीएमपीएल साउथ एसिया च्याम्पियनसिप स्प्रिङमा पीएमपीएल दक्षिण एसिया र पीएमपीएल पाकिस्तानबाट छानिएका उत्कृष्ट टोलीहरु सहभागी थिए ।

दक्षिण एसियाभरका पब्जी मेबाइल टोलीहरूले १ लाख ५० जार डलरको पुरस्कारका लागि प्रतिस्पर्धा गरेका थिए ।

चार दिनको प्रतिस्पधामा छनोट भएका १० टोलीमा मंगोलियाका स्टालवार्ट ईस्पोर्ट्स,आईएचसी ईस्पोर्ट्स र सिल ईस्पोर्ट्स, नेपालबाट डेडआइज गाइज, ट्रेन्ड टु किल, ज्यानमारा,स्काइलाइटज् गेमिङ,डीआरएस गेमिङ र हाई भोल्टेज तथा दक्षिण एसियाको बाँकी भागबाट फ्यान्टम एस्पोर्ट रहेका थिए ।

पीएमपीएल पाकिस्तानबाट ५२ एक्सरेज, टिम टफ, साल्टसी ८ ईस्पोर्ट्स, द ग्राउण्डर्स, आर ३ जीसाइड र फ्री स्टाइल सहभागी थिए ।

२०२२ पीएमपीएल दक्षिण एशिया च्याम्पियनसिप स्प्रिङमा चार दिनको दौरानमा २४वटा म्याचहरु भएका थिए । स्टाल्वार्ट ईस्पोर्ट्सले कुल ५० अ्रक प्राप्त गर्दै च्याम्पिपयन भएको थियो भने ट्रेन्ड टु किलले अन्तिम म्याचमा दोस्रो बन्न सफल भएको थियो ।

यस्तै ज्यानमाराले तेस्रो स्थान हासिल ग-यो । सो प्रतिस्पर्धा दक्षिण एसियाका प्रतिस्पर्धी रहेका सबै क्षेत्रहरूमा प्रसारित गरिएको थियो ।

पब्जी मोबाइल साउथ एसियाका सोसल मिडियाका साथसाथै टोलीहरूको आ–आफ्ना सोसल मिडिया प्लेटफर्महरूमा पनि स्ट्रिम गरिएको थियो ।

प्रतियोगिता संचालन भइरहँदा चार देशका सेलिब्रेटीहरूले लाइभ उपस्थित भएर कसले लिडरबोर्डमा शीर्ष स्थानमा पुग्ने भनेर आफ्नो विचार राखेका थिए ।

आफ्नो भविष्यवाणी गलत भए उनीहरुले स्ट्रिममा लोकप्रिय पब्जी मोबाइल नृत्यहरू देखाएका थिए ।

दर्शकहरुले नेपालकी अभिनेत्री रियाशा दाहाल, मंगोलियाका नायक बयार्बत मिशिग्दोर्ज, श्रीलंकाकी अभिनेत्री शानुद्री प्रियासाद र पाकिस्तानकी प्रतिभाशाली भोला रेकर्ड र मथिराको नृत्य हेर्ने मौका पाए ।

यो क्षेत्रको सबैभन्दा ठूलो ईस्पोर्ट्स शीर्षकहरू मध्ये एकको रूपमा रहेको पब्जी मोबाइल दक्षिण एसियामा ईस्पोर्ट्सको हालैको वृद्धिको बलियो कारक भएको छ ।

यस्तै पब्जी मोबाइल ईस्पोर्टसले स्मार्ट टेक्नोलोजीको विकास तथा खेलको अनुभवलाई अद्वितिय बनाउन लागिपरेको ओप्पोसँगको आफ्नो सहकार्य कायमै राखेको छ । ओप्पोको एफ सिरिजसँग थप अद्भुत क्रियाकलापहरु सार्वजनिक हुनेछ ।

पब्जी मोबाइल प्लोयरअननोन्स ब्याटलग्राउण्ड्समा आधारित छ । सन् २०१७ यता यसले विश्वमा अन्तक्रियात्मक मनोरञ्जनात्मक माध्यमबाट आफूलाई स्थापित गरेको छ ।

यस खेलमा १०० जना खेलाडीहरु प्यारासुटमार्फत एउटा टापुमा ल्याण्ड गर्छन् र सबैलाई पराजित गर्छन् । खेलाडीहरुले आफ्नो लागि उपयुक्त हतियार, गाडी लगायतका आवश्यक सामाग्री आफैं खोज्नुपर्ने हुन्छ ।

साथै, समयसँगै घट्दै जाने खेल क्षेत्रमा रणनीतिक हिसाबमा सबै प्रतिस्पर्धीलाई हराउनुपर्ने हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here