रामकृष्ण ढकालको स्वरमा टीएन् आर्चायको ‘आधा माया’, बरुण अधिकारी र केकीको अभियन

काठमाडौं । गीतकार टीएन् आर्चायको ‘आधा माया’ बोलको गीत सार्वजनिक भएको छ । विहीवार सार्वजनिक भएको गीतमा रामकृष्ण ढकाल र गायिका सलिना विकको स्वर रहेको छ ।

राम कार्कीको संगीतले सुगन्ध थपेको गीतमा दिपकप्रसाद आर्चायको कथा रहेको छ । शब्द तथा लय टीएन आर्चायको नै रहेको छ । निर्देशन सुरेश थापाले गरेका छन् ।

माया प्रितिका सुमधुर क्षणहरुलाई समेटिएको गीतमा निर्देशक एवं कलाकार बरुण अधिकारी, केकी अधिकारी र आरभ आर्चायको अभिनय रहेको छ ।

एक दशकसम्म नेपाली हाँस्य टेलिसिरियल, म्युजिक भिडियो हुँदै नेपाली फिल्मको निर्देशन गरेका अधिकारी यसअघि नै तिमीबिना गीतमा वर्षा सिवाकोटीसँग उत्कृष्ठ अभिनय गरेर चर्चामा आएका व्यक्ति हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here