सुन र चाँदीको भाउमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं, १२ असार । आइतबार सुन र चाँदीको भाउमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारको तुलनामा सुनको भाउ प्रतितोला एक सय र चाँदीको भाउ ५ रुपैयाँले बढेको हो।

यससँगै छापावाल सुन प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा पुगेको छ। तेजावी सुनको भाउ पनि ९६ हजार ८ सय रुपैयाँ पुगेको छ।

चाँदी प्रतितोला १२४५ रुपैयाँमा कारोबार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here