काठमाडौं उपत्यकाको ९ स्थानमा देखियो हैजा, सतर्कता अपनाउन आग्रह

काठमाडौं, १२ असार । काठमाडौं उपत्यकाका विभिन्न नौ स्थानमा हैजाको संक्रमण देखिएको छ ।

इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका काठमाडौंका बागबजार, डिल्लीबजार, कपन, सानेपा, बालाजु, बल्खु र थानकोटका मानिसमा हैजाको संक्रमण पुष्टी भएको हो ।

शनिबार पाटन अस्पतालमा उपचाररत एकजनामा हैजाको संक्रमण देखियो हो । योसँग हैजाको संक्रमण पुष्टी हुनेको संख्या ९ पुगेको छ ।

असार २ गते टेकु अस्पतालमा भर्ना भएका दुई बिरामीमा परीक्षण गर्दा हैजाको जीवाणु फेला परेको थियो। उनीहरू दुबै जना बागबजारस्थित एकै परिवारका थिए।

सरकारले हैजाबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

ललितपुर महानगरले आइतबार पानीपुरी, चटपटेलगायत सडकमा बेचिने खानेकुरामा प्रतिबन्ध लगाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here