जापान सरकारले ३ करोड ७० हजार जनतालाई भन्यो-‘अत्यावश्यक बाहेक अवस्थामा बत्ती निभाऔं’

काठमाडौं,१३ असार । जापान सरकारले टोकियो र यसका वरपरका क्षेत्रमा कम बिजुली प्रयोग गर्न आग्रह गरेको छ ।

देशमा गर्मीको लहर शुरु हुँदा बिजुली आपूर्तिमा समस्या हुने भएकोले बिजुलीको प्रयोग कम गर्न भनेको हो ।

जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालयले स्थानीय समय अनुसार सोमबार दिउँसो विद्युतको माग बढ्ने अपेक्षा गरेको छ । अनावश्यक बत्तीहरु बन्द गर्न भनेपनि गर्मीबाट बच्न इयर कण्डिशन भने प्रयोग गर्न सुझाएको छ ।

साथै करिव एक हप्ताका लागि तापमान बढ्दै जाँदा विजुलीको आपूर्तीमा समस्या हुनसक्ने चेतावनी समत दिएको छ ।

गत हप्ता टोकियोको तापक्रम ३५ डिग्री सेल्सियस र राजधानीको उत्तरपश्चिममा रहेको इसेसाकी सहरमा ४० दशमलव २ डिग्री सेल्सियस पुगेको थियो ।

जुन जापानका लागि जुन महिनाको सबैभन्दा बढी तापक्रम हो । जापानमा जुन महिनाबाट ग्रीष्मको शुरुवात हुन्छ । तापक्रम सामान्यतया ३० डिग्री सेल्सियस भन्दा कम हुन्छ ।

तर यसपटक अहिले नै तापक्रम ४० भन्दा माथि पुगेको हो । सरकारले टोकियोमा दिउँसो ३ बजेदेखि तीन घण्टाका लागि अनावश्यक बत्तीहरु बन्द गर्न भनेको छ ।

यद्यपी विद्युत प्रदायकहरुले आपूर्ति बढाउन काम गरिरहेका छन् । सरकारले तापक्रम बढ्दै जाँदा स्थिती अनपेक्षित भएको छ ।

माग बढ्यो र अचानक आपूर्ति समस्या भयो भने, रिजर्भ मार्जिन आवश्यक न्यूनतम ३ प्रतिशत भन्दा कम हुने बताइएको छ ।

जापानको उत्तरपूर्वी क्षेत्रमा गएको मार्च महिनामा गएको भूकम्पले केही आणविक उर्जा केन्द्रहरु सञ्चालनमा रोक लगाएपछि जापानको बिजुली आपूर्तिमा कडाइ भएको छ।

अधिकारीहरूले कार्बन डाइअक्साइड उत्सर्जन घटाउने प्रयासमा धेरै पुरानो जीवाष्मा इन्धन प्लान्टहरू पनि बन्द गरेका छन्।

यस अघि अष्ट्रेलियाका ऊर्जा मन्त्रीले न्यू साउथ वेल्समा ८ लाख भन्दा बढी घरपरिवारहरूलाई बत्ती बन्द गर्न आग्रह गरेका थिए ।

देशको सबैभन्दा ठूलो सहर सिड्नीलगायत समेटेको न्यू साउथ वेल्सलाई ऊर्जा संकट सामना गर्न नपरोस भन्दै विद्युतको खपत कम गर्न बत्ती बन्द गर्न आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here