श्रीलंकामा अत्यावश्यक बाहेकको पेट्रोलियम पदार्थको विक्रीमा रोक

काठमाडौं । श्रीलंकाले अत्यावश्यक बाहेकको पेट्रोलियम पदार्थको विक्री रोकेको छ । पछिल्लो समय सबैभन्दा खराब आर्थिक संकटको सामना गर्दै गैर-आवश्यक सवारी साधनहरूको लागि इन्धनको विक्री निलम्बन गरेको छ।

श्रीलंकाले आगामी दुई सातासम्म बस, रेल र चिकित्सा सेवा र खाद्यान्न ढुवानीका लागि प्रयोग हुने सवारी साधनलाई मात्र इन्धन भर्न दिइनेछ।

त्यहाँका सहरी क्षेत्रका विद्यालयहरू बन्द भएका छन् भने सरकारले २२ मिलियन बासिन्दाहरूलाई घरबाट काम गर्न भनेका छन्।

दक्षिण एसियाली राष्ट्ले इन्धन र खाद्यान्न जस्ता आयातको लागि तिर्न संघर्ष गरिरहेकोले बेलआउट सम्झौताको लागि वार्ता भइरहेको छ ।

सोमबार श्रीलंकका सरकारले निजी सवारी साधनलाई १० जुलाईसम्म पेट्रोल र डिजेल किन्न प्रतिबन्ध लगाउने जनाएको छ ।

श्रीलंकाको मन्त्रिपरिषद्का प्रवक्ता बन्दुला गुनेवर्देनाले श्रीलंकाले भने आफ्नो इतिहासमा यति ठूलो आर्थिक संकट कहिल्यै सामना गरेको थिएन् ।

नगद संकटमा परेको श्रीलंकाले देशले सस्तो तेलको आपूर्ति सुरक्षित गर्न प्रमुख ऊर्जा उत्पादक रसिया र कतारमा अधिकारीहरू पनि पठाएको छ।

श्रीलंकाको अर्थतन्त्र महामारी, बढ्दो उर्जा मूल्य र लोकप्रिय कर कटौतीले नराम्ररी प्रभावित भएको देखिन्छ । तयस्तै अत्यावश्यक वस्तुको आयात तिर्न पर्याप्त विदेशी मुद्रा नहुँदा खाद्यान्न, इन्धन र औषधिको चरम अभावले जीवनयापनको मूल्यलाई रेकर्ड उच्चमा पु-याउन मद्दत गरेको छ ।

सप्ताहन्तमा, अधिकारीहरूले आगामी दिनहरूमा अत्यावश्यक सेवाहरुका लागि ९ हजार टन डिजेल र ६ टन पेट्रोल मात्र स्टक रहेको बताए।

जुन यो स्टक नियमित माग अनुसार एक हप्ता भन्दा कम समय टिक्ने अनुमान गरिएको छ।

‘हामीले नयाँ स्टक प्राप्त गर्न सक्दो प्रयास गरिरहेका छौं तर त्यो कहिले हुन्छ थाहा छैन,’ऊर्जा तथा उर्जामन्त्री कञ्चना विजेसेखेराले आइतबार पत्रकारहरूलाई बताइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here