११ महिनामा ३९ अर्बको मोबाइल आयात, महँगा मूल्यको स्मार्टफोनमा रुची बढ्दो

काठमाडौं, १४ असार । प्रविधिको विकासले विश्वमा नयाँ नयाँ मोबाइलको विकास हुँदै गएको छ। मोबाइलको विकाससँगै यसले अरू विद्युतीय माध्यमलाई विस्थापित गर्दै गइरहेको छ।

मोबाइलमा नै रेडियो, क्यामेरा, घडी, टर्चको सुविधा विकास भएपछि यी सामग्रीको प्रयोग कम हुँदै गएको छ। जसको प्रयोग महँगा मूल्यको स्मार्टफोनमा पाइने गरेको छ ।

त्यसैले गर्दा स्मार्टफोनको माग बढेपछि बार फोनको आयात कम हुँदै गएको छ भने स्मार्टफोनको माग र आपूर्ति चुलिंदो छ ।

नेपालीमा मोबाइलको मोह बढ्दै गएपछि चालू आर्थिक बर्षको ११ महिनामा ३९ अर्ब रुपैयाँ बराबरको मोबाइल आयात भएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार ११ महिनाको अवधिमा ३८ अर्ब ८९ करोड ४९ लाख रुपैयाँ बराबरको मोबाइल आयात भएको हो । यसमध्ये ८ लाख २७ हजार वटा महँगा स्मार्ट फोन हुन् ।

बढी मोबाइल नेपाल आयात गर्नेमा चीन, भारत र भियतनाम रहेका छन् । त्यस्तै भारत, भियतनाम, हङ्कङ, जापान, कोरिया, मलेसिया लगाएतका देशबाट सामान्य रुपमा मोवाइल सेट नेपाल आयात भएका छन् ।

बालकदेखि वृद्धसम्म सबै किसिमको जानकारी पाउन र पठाउन मिल्ने विद्युतीय माध्यमका रूपमा मोबाइल मानवजीवनको अभिन्न अंगजस्तै पर्यायवाची बन्दै गएको छ। नेपालमा कतिपय स्मार्ट फोन कम्पनीहरुलाई केही मोडलका सेटको माग धान्न हम्मे परिरहेको छ ।

नेपालमा पनि नयाँ नयाँ मोबाइल आयात हुँदै गएका छन्। रोजगारीमा गएका नेपाली, विदेश भ्रमणमा गएका व्यक्तिका साथै अध्ययनका लागि विदेशिएका नेपालीबाट पनि मोबाइलको आयात बढ्दो क्रममा रहेको अवस्था छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here