एलओडी विश्‍वको उत्कृष्ट क्लबको ५२ औं स्थानमा

काठमाडौं, १६ असार । ठमेलस्थित एलओडी अर्थात् लड अफ द ड्रिंक्स् विश्‍वकै उत्कृष्ट क्लबमध्ये ५२ औं स्थानमा परेको छ।

युकेस्थित डिजे म्यागले छनौट गर्ने सन् २०२२ का लागि सय उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी ५२ औं स्थानमा परेको हो। म्यागमा विश्वभरका १ सय उत्कृष्ट‍ डिजे क्लबको सहभागी थिए। डिजे म्यागले हरेक वर्ष विभिन्न मुलुकमा रहेका उत्कृष्ट क्लबहरूको छनौट गर्दै आएको छ ।

बुधबार क्लबमा पत्रकार सम्मेलन गर्दै एलओडी डिजे म्याग टप सयको छनौट भएर ५२ औं स्थानमा पर्न सफल भएको बताएको हो । सो अवसरमा राष्ट्रको नाम सँगसँगै जोडिएकाले गर्वको अनुभूति भइरहेको क्लबका निर्देशक रविन श्रेष्ठले बताए ।

उनकाअनुसार पाँच सय क्लब सहभागीमध्य एलआडी ५२ औं स्थानमा परेको हो । ‘एलओडी क्लब डिजे म्यागको टप १०० मा पर्नु भनेको नेपालको पनि शान हो,’ श्रेष्ठले भने, ‘टप १०० भित्र एलओडीको छनौट भएसँगै नेपालको नाम पनि जोडिएर जान्छ।’

उत्कृष्‍ट क्लबमा एलओडी पर्दा विश्‍वभरका क्लब पारखीले नेपालको नाम थाहा पाउने उनको भनाइ थियो । विश्‍वको सय उत्कृष्ट क्लबमा पार्न लागि सबै जनाको साथ सहयोग रहेको बताउँदै श्रेष्ठले रात्रीकालीन जीवनका पारखीहरू तथा विदेशी पर्यटकहरूलाई यस क्लबले झनै आकर्षण गर्न सक्ने बताए।

तीन वर्षअघि स्थापना भएको क्लब ९ हजार ६ सय स्क्वायर फिटमा सञ्चालन गरिएको छ । क्लवमा एकसाथ २५ सय मानिस सहभागी हुन सक्छन् । एलओडी क्लबमा हाल १ सय ५० जना कर्मचारी कार्यरत छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here