नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनलाई

काठमाडौं । नेपालकै पहिलो हिपहप सङ्गीतको रियालिटी शो ‘नेपहपको श्रीपेच’को उपाधि भाइबर साइमनले जितेका छन् ।

शो को गिरिश खतिवडा, मानस घले र बालेन शाह निर्णायक रहेको शोको शनिवार राती राजधानीमा भएको फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछाडि पार्दै साइमनले उपाधि हासिल गरेका हुन् ।

उपाधिका लागि साइमनसँगै काठमाडौँका बाबु बिलिभर, नवलपरासीका एमसी किङ्ग, पोखराका जेनिस क्षेत्री र झापाका विशेष भट्टराई भिडेका थिए ।

उपाधि विजेता भाइबरले नगद १० लाख रुपैयाँको साथमा रिलायन्स लाइफ इस्योरेन्सबाट ५० लाख रुपैयाँको बिमा, अनर मोबाइलको तर्फबाट एउटा स्मार्टफोन र विश्व भ्रमण गर्ने मौका प्राप्त गरेका छन् ।

यस्तै, दोस्रो भएका जेनिसले नगद पाँच लाख रुपैयाँ र विश्व भ्रमण गर्ने अवसर पाएका छन् भने तेस्रो भएका बाबु बिलिभरले १ लाख नगद सँगै विश्व भ्रमण गर्ने मौका प्राप्त गरेका छन् ।

८ हजार जनाको डिजिटल अडिसनपछि निर्णायकले ५ सय जनालाई भौतिक अडिसनको लागि छानेका थिए । भौतिक अडिसन पोखरा, चितवन, बुटवल, इटहरी र काठमाडौँमा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here