राहदानी विभाग घेराउ गर्दै राष्ट्रिय युवा संघ

काठमाडौं, १९ असार । राष्ट्रिय युवा संघ नेपालले राहदानी (पासपोर्ट ) वितरणमा भएको ढिलासुस्तीविरुद्ध राहदानी विभाग घेराउ गर्ने भएको छ । पासपोर्ट बनाउँदा नै मानिसहरुले चरम सास्ती ब्यहोर्नुपरेको भन्दै संघले आइतबार त्रिपुरेश्वर राहदानी विभागको कार्यालय घेराउ गर्ने भएको हो ।

सेवाग्राहीले ब्यहोर्नुपरेको चरम सास्तीबारे संघले विभागलाई ध्यानाकर्षणसमेत गराउने संघले बताएका छ । राष्ट्रिय युवा संघ नेपालले आज दिउँँसो १ बजे उक्त दबाबमूलक कार्यक्रम गर्ने भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here