काठमाडौं उपत्यकामा २७ सहित थप ५३ जनामा कोरोना पुष्टी

काठमाडौं, १९ असार । पछिल्लो २४ घण्टामा नेपालमा ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार १६२ जनाको पीसीआर परीक्षण गर्दा ३९ जना र ९ सय ५८ जनाको एन्टिजेन परीक्षण गर्दा १४ गरी ५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ७९ हजार ८०१ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा २० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ६७ हजार ५१६ पुगेको छ । संक्रिय संक्रमितको संख्या ३३३ रहेको छ ।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।

काठमाडौं उपत्यकामा २७ जना कोभिड १९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १८, भक्तपुरमा २ र ललितपुरमा ७ जना संक्रमित देखिएका हुन् । योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या २१५ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here