बजेट निर्माण विवादमा अर्थको स्पष्टीकरण-‘सीसीटिभी फुटेजमा १३ दिनको मात्र अखिलेख रहन्छ’

काठमाडौं, १९ असार । अर्थमन्त्रालयले बजेट निर्माणको समयको सीसीटिभी फुटेज मेटिएको जनाएको छ ।

मन्त्रालयले आइतवार उपभोक्ता हित संरक्षण मञ्च नेपाललाई पत्रचार गर्दै बजेट निर्माणको समयको सीसीटिभी फुटेज सुरक्षित नरहेको स्पष्टीकरण दिएको हो ।

मन्त्रालयले सूचना माग गर्ने उपभोक्ता हित संरक्षण मञ्च नेपालका जयप्रसाद पौडेललाई पत्र पठाएर बढीमा १३ दिनसम्मको सीसीटीभी फुटेज अभिलेखमा रहने र त्यसपछि स्वतः मेटिँदै जाने भएकाले बजेट घोषणाको अघिल्लो दिन अर्थात् जेठ १४ गतेदेखि १५ गते बिहानसम्मको फुटेज मेटिएको जनाएको छ ।

बजेट निर्माणमा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको भन्दै अर्थमन्त्रीको राजीनामा मागेको प्रमुख प्रतिपक्षी नेकपा एमालेले सीसीटिभी फुटेज सार्वजनिक गर्न माग गर्दै आएको थियो ।

अर्थमन्त्रीले एमालेको आरोपको खण्डन गरे पनि सीसीटिभी फुटेजबारे भने मन्त्रालय बोलेको थिएन ।

अर्थ मन्त्री जनार्दन शर्माले असम्बन्धित व्यक्तिलाई मन्त्रालयमा बोलाएर रातारात करका दर परिवर्तन गर्न लगाएको आरोप लाग्दै आएको छ । अर्थ मन्त्रीले असम्बन्धित व्यक्तिलाई करका दर निर्धारणमा स्थान दिएको विषयमा नेकपा एमालेले संसदमा चर्को विरोध गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here