नेपालीको परनिर्भर जीवनशैली: दाँत कोट्याउने सिन्का विदेशकै भर, बर्षेनी करोडौंको आयात

काठमाडौं, २० असार । नेपालीहरुको परनिर्भर जीवनशैली बढेको छ । जुन सामान आयात नगनरे पनि हुन्छ । ती करोडौंको आयात भइरहेका छन् ।

नेपालमा वार्षिक करोडौं रकमको नेपालको आयात सूची हेर्ने हो भने त्यस्ता सामान भेटिन्छन् जो विश्वास गर्न गाह्रो हुन्छ।

टाँक, दाँत कोट्याउने सिन्कादेखि अन्य सामान्य कामको लागि प्रयोगका आउने सामग्री आयात हुने गरेको छ ।

आयात भइरहेकामा कपाल रंग्याउने मेहन्दी, स्याम्पु, मुखमा लगाउने क्रिम, चुइँगम काईँयो, बच्चाको डाईपर, खेल्ने तास, टाँक, अक्षर मेटाउने रबर, दाँत कोट्याउने सिन्का, सिन्के धुप , टुथ ब्रस, टुथ पेष्ट (मञ्जन) लगायत रहेका छन् ।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार आर्थिक वर्षमा टाँकदेखि दाँत कोट्याउने सिन्का करोडौं रकमको आयात भएको छ ।

विभागको विवरणअनुसार चालु आवको ११ महिना मात्रै कूल ८४ हजार ३८७ किलोग्राम बराबरको टुथपिक आयात भएको छ ।

त्यसका लागि मात्रै २ करोड ५३ लाख ५२ हजार बराबरको रकम विदेशिएको छ । सामान्य उद्योग स्थापना गर्न सकिए मात्रै पनि टुथपिकका लागि रकम विदेशिने थिएन । यसबारेमा न त सरकारी निकायले सोच्न भ्याएको छ, न त उद्योगी व्यवसायीले नै ।

परनिर्भर चरित्रका कारण आयात भइरहेका यस्ता सामग्री देशभित्रै उत्पादन गर्न सकिन्छ भन्ने सोच उद्यमी तथा व्यवसायीले राख्नुपर्ने आवश्यकता बढेर गएको छ । विभागको विवरण अनुसार चिनबाट मात्रै दुई करोड ५१ लाख ६२ हजार मूल्य बराबरको टुथपिक भित्रिएको देखिन्छ ।

अन्य देशबाट पनि त्यस्तो सामग्री आयात भएको छ । योभन्दा परनिर्भर चरित्र अरु हुनै नसक्ने जानकारहरूको भनाइ छ । ‘हरियो वन नेपालको धन’ हाम्रा लागि असाध्यै चर्चित छ । प्राय जसोः विद्यालय तहदेखि नै निबन्ध प्रतियोगितामा समेत यस विषयमा राम्रैसँग सिकाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here