पर्यटक आगमनमा उत्साहजनक सुधार, एक महिनामा ४६ हजार बढी भित्रिए

काठमाडौं, १९ असार । नेपालमा पछिल्ला दिनमा पर्यटक आगमन उत्साहजनक देखिएको छ ।

कोरोना भाइरस (कोभिड-१९) को महामारी घट्दै जानु र यात्रामाथिको प्रतिबन्धहरु फुकुवा हुँदै जाँदा पर्यटक आगमनमा उत्साहजनक सुधार देखिएको हो ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार सन् २०२२ को जुनमा मात्रै ४६ हजार ९ सय ५७ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो संख्या कुल आगमनको ४९.५ प्रतिशत हो ।

बोर्डका अनुसार जुन महिनाको तथ्यांकमा सार्कबाट २६ हजार ,आसियानबाट, २३ सय,यूरोपबाट ४ हजार ७ सय,अमेरिकन रिजनबाट ८ हजार ९ सय पर्यटककले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

यो संख्या नेपाल भ्रमणका लागि हवाई मार्ग हुँर्दै नेपाल भित्रिएका पर्यटककाे मात्रै भएको बाेर्डले जनाएको छ ।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। जुन महिनामा भारतबाट मात्रै २३ हजार २ सय ४८ जना भित्रिएका छन् ।

भारतबाट हरेक महिनामा पर्यटक आगमनमा उच्च दरमा बढिरहेको छ ।

भारतपछि दोस्रो धेरै संख्यामा पर्यटक आएको देश अमेरिका हो । अमेरिकाबाट जुन महिनामा मात्र ८ हजार ३५१ जना पर्यटक नेपाल आएका छन् ।

तेस्रो स्थानमा बेलायत रहेको छ । बेलायतबाट २ हजार २ जना पर्यटक नेपाल आएको तथ्यांकमा उल्लेख छ । चौथो स्थानमा क्यानडा रहेको छ । त्यहा बाट ६२९ जना नेपाल आएको तथ्यांक छ ।

चीनले पर्यटकका रुपमा आफ्ना नागरिकलाई भ्रमण खुला नगर्दा यो मुलुकबाट एक महिनाको अवधिमा मात्र ४५१ जना भित्रिएको तथ्यांक छ ।

जुलाई २०२० मा ७६ र जुलाई २०२१ मा १ हजार १४३ जना पर्यटक नेपाल आएका थिए । यी वर्ष कोरोना भाइरसको महामारीले यात्रामा प्रतिबन्ध लागेको थियो ।

६ महिनामा २ लाख ३७ हजार ८ सय १३ जना भित्रिए

बोर्डका अनुसार जुन महिनाको तथ्यांक सहित ६ महिनामा नेपाल भ्रमण गर्ने विदेशी नागरिकको संख्या संख्या २ लाख ३७ हजार ८ सय १३ पुगेको छ ।

६ महिनामा नेपाल भ्रमण गर्ने पर्यटक

जनवरी –१७ हजार
फेब्रुअरी –२० हजार,
मार्च –४२ हजार,
अप्रिल – ५८ हजार
मे – ५३ हजार
जुन – ४६ हजार

स्राेतः नेपाल पर्यटन बाेर्ड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here