काठमाडौं, १९ असार । हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने मिति सकिएको छ ।
सीडीएसका अनुसार आइतवार अन्तिमदिन साँझ ५ बजेसम्ममा १६ लाख २६ हजार ३४० जनाले १ करोड ८४ लाख १९ हजार ९८० कित्ताका लागि आवेदन दिएका छन् ।
१ अर्ब ८४ करोड १९ लाख ९८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।
यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १०.०६ गुणा बढी आवेदन हो । यद्दपि, अन्तिम तथ्यांक आउन बाँकी भएकाले सामान्य तलमाथि हुने सक्नेछ ।