श्रीलंकामा अर्थसंकटः उर्जा मन्त्रीले दिए इन्धन मौज्दात सकिन लागेको चेतावनी

काठमाडौं । श्रीलंकाका उर्जा मन्त्रीले देशको इन्धन मौज्दात सकिन लागेको चेतावनी दिएका छन् । उर्जा मन्त्री कञ्चना विजेसेकेराले देशसँग नियमित माग अनुसार एक दिनभन्दा कम धान्न सक्ने पेट्रोल मात्र बाँकी रहेको बताए ।

गत हप्ता, श्रीलंकाले गैर९आवश्यक सवारी साधनहरूको लागि पेट्रोल र डिजेलको बिक्री रोकेको थियो । श्रीलंकाले ईन्धन, खाना र औषधि जस्ता आयातको लागि तिर्न संघर्ष गरिरहेको भन्दै पेटोलियमको विक्रीमा कडाई गरेको हो ।

श्रीलंकाले हाल ७० बर्षमा सबैभन्दा ठूलो संकट बेहोरेको हो । देशको भण्डारमा १२ हजार ७७४ टन डिजेल र ४ हजार ६१ टन पेट्रोल बाँकी रहेको विजेसेकेराले बताए ।

त्यसो त अर्को पेट्रोल ढुवानी २२ र २३ जुलाई बीचमा अपेक्षा गरिएको छ । डिजेलको ढुवानी सप्ताहन्तमा आउने अपेक्षा गरिएको छ, यद्यपि विजेसेकेराले योजनाबद्ध इन्धन र कच्चा तेल आयातको लागि भुक्तान गर्न देशसँग पर्याप्त पैसा नभएको चेतावनी दिए।

उनले भने कि श्रीलंकाको केन्द्रीय बैंकले इन्धन खरिदका लागि १२५ मिलियन डलर मात्र आपूर्ति गर्न सक्छ । यसको निर्धारित ढुवानीका लागि आवश्यक ५८७ डलर भन्दा कम हो ।

विजेसेकेराले थपे कि देशले यस वर्षको सुरुमा गरेको खरिदका लागि सात आपूर्तिकर्ताहरूलाई ८ सय डलर मिलियन तिरेको छ।

श्रीलंकाले अर्को हप्तासम्म निजी सवारी साधनको इन्धन बिक्रीमा प्रतिबन्ध लगाएपछि यस्तो भएको हो ।

सन् १९७० को दशकको तेल सङ्कटपछि अमेरिका र युरोपमा इन्धनको राशन घटाइएपछि सर्वसाधारणलाई पेट्रोलको बिक्री रोक्न कडा कदम चाल्ने यो पहिलो देश भएको विज्ञहरू विश्वास गर्छन्।

२२ मिलियन जनसंख्या भएको टापु राष्ट्रले १९४८ मा बेलायतबाट स्वतन्त्रता प्राप्त गरेदेखि नै खराब आर्थिक संकटको सामना गरिरहेको ।

आवश्यक वस्तुहरूको आयातको लागि तिर्न पर्याप्त विदेशी मुद्राको अभावले यस्तो संकट बेहोरेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here